Breaking News

भरतपुर ३ को मतगणना जारीः सुवेदीको अग्रता,पछ्याउँदै रेनु

Banner

चितवन,जेठ २-

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले १८ मतले पछि पारेका हुन् ।

सोमबार विहान ५ः१० बजेसम्म भरतपुर महानगरको ९ हजार ३ सय ७० मत गन्दा सुवेदीले ३ हजार ३ सय २४ मत ल्याएका छन् भने दाहालले ३ हजार ३ सय ६ मत ल्याएकी छिन् ।

यसअघि दाहालले १ र २ वडामा मत गन्दा झिनो मतले अग्रता बनाएता पनि ३ नम्बर वडामा सुवेदी अगाडि आएका हुन् । भरतपुर महानगरमा स्वतन्त्र उठेका जग्गनाथ पौडेलले पनि १ हजार मत कटाएका छन् । उनले १ हजार १ सय ८७ मत ल्याएका छन् ।

यस्तै भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ६ सय ८८ मत सहित अगाडि छन भने एमालेको समर्थनमा उठेकी राप्रपाकी हिमला गुरुङको मत २ हजार ६ सय ५० मात्रै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>