चितवन विशेष

कमलनगरका आगलागी पीडित व्यवसायीलाई १० लाख सहयोग

Banner

चितवन, जेठ १-

केहिदिन अघि भरतपुर महानगरपालिका-३ कमलनगरमा आगलागी भइ क्षति व्यहोरेका व्यवसायीहरुलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच श्री गणेश एवं कमलनगर बजार व्यवस्थापन समितिले व्यवसायीहरुलाइ्र्र १० लाख २० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गणेश बजार व्यवस्थापन समितिका सस्थापक अध्यक्ष पृथ्वीनारायण श्रेष्ठ र कार्यक्रमका संयोजक विश्नु रिजालले ६ जना आगलागी पीडित व्यवसायीहरुलाइ सो रकम हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रम फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधव प्रसाद अधिकारी, राहत संकलनका सदस्य एवं कमलनगर बजार व्यवस्थापन समितिका उपाध्यक्ष काशीनाथ सापकोटा, राहत संकलनका सदस्य टंक सापकोटा, गणेश बजार व्यवस्थापन समितिका अध्यक्ष अर्जुन रानाभाट, कमलनगर बजार व्यवस्थापन समितिका अध्यक्ष शंकर घिमिरे, नेपाल सहकारीका अध्यक्ष वसन्त मोहन अधिकारी, गणेश बजारका सचिब गुणराज दाहाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पीडित पक्षबाट सुर्यमणी लामिछानेले आफ्नो पीडा पोखेका थिए । कमलनगर बजार व्यवस्थापन समितिका महासचिव कृष्ण महतोले संचालन गरेको कार्यक्रममा आगलागी पीडित व्यवसायीहरु सुर्यमणी लामिछाने, शंकर सापकोटा, दिवस लामिछाने, बासुदेब आचार्य, वसन्त कार्की, विश्नुप्रसाद आचार्यको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>