Breaking News

चितवनको माडीमा राप्रपाले दुई वडा जित्यो,वडा नम्वर ८ मा भण्डारी विजयी

Banner

चितवन,जेठ १-

चितवनको माडी नगरपालिका ८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी निर्वाचित भएका छन। राप्रपाका माडी नगर अध्यक्ष समेत रहेका भण्डारीले नेकपा (एमाले)का उम्मेदवार तथा पूर्व वडाध्यक्ष कृष्णराज अधिकारीलाई पराजित गरेका हुन्। भण्डारीले ६५४ मत पाउँदा अधिकारीले ५८९ मत पाए ।

सो वडामा वडाध्यक्ष बाहेक दलित महिला सदस्य र खुला सदस्यपदहरु एमालेले जितेको छ भने महिला वडा सदस्यमा राप्रपा र एमाले उम्मेदवारले ५५१ बराबरी मत ल्याएका छन् । यसअघि २०७४ को निर्वाचनमा समेत सो वडामा भण्डारी र अधिकारी बिचमै मुख्य प्रतिस्पर्धा भएकोमा अधिकारी निर्वाचित भएका थिए । यसपटक राप्रपा र एमालेबिच नगरप्रमुख र उपप्रमुखमा तालमेल भएपनि वडा तहमा प्रतिस्पर्धा भएको थियो ।

यस्तै नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका–१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्य थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टीकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे । सदस्यहरुमा पनि राप्रपाकै उमेदवारहरु विजयी भए । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जयनारायण लामिछाने निर्वाचित भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>