Breaking News

भरतपुरमा रेनुको अग्रता, वडा नम्वर २ बाट सुवेदीले मतान्तर घटाए

Banner

भरतपुर,जेठ १-

भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना भइसक्दा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखे पनि एमालेका विजय सुवेदीसँगको मतान्तर भने घटेको छ ।

दाहालले १३ सय ७२ मत पाउँदा सुवेदीले १३ सय ५ मत पाएका छन् । भुइँकटहर चुनाव चिह्न लिएर लडेका कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले भने फराकिलो अग्रता लिएका छन् । उनी १५ सय ४२ मतका साथ अगाडि बढिरहँदा एमालेको सहयोगमा लडेकी राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत पाएकी छन् ।

अहिले वडा नम्बर २ को ७ सय मत गनेर सकिएको छ । वडा नम्बर १ मा भने तीव्र प्रतिस्पर्धाका बीच कांग्रेसले एक सदस्यसहित वडाध्यक्ष जितेको छ । बाँकी वडा सदस्यमा एमालेका निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>