Breaking News

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै

Banner

वैशाख चितवन ३१-

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं.१ र वडा नं.९ को ३४३६ मत मतगणना भैसकेको छ । जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् ।

यस्तैं, उपमेयरमा कांग्रेसका खेम महतोले १२६० मत ल्याएका छन् भने, स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले ८३८ र राप्रपाका मदन पौडेलले ५९३ मत ल्याएका छन् । वडा नं.१ को वडाध्यक्षमा राप्रपाका उम्मेदवारले १००१ मत ल्याएर अग्रता लिइरहेका छन् । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ७३० मत ल्याएका छन् । यस्तैं, माडीको वडा नं.९ मा माओवादीका वडाध्यक्ष उम्मेदवारले ५४८ मत ल्याएर अग्रता लिएका छन् । एमाले वडाध्यक्ष उम्मेदवारले २७० मत ल्याएका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>