चितवन विशेष

भरतपुरमा गठबन्धनका नेताद्धारा पत्रकारलाई दुर्व्यवहार,क्यामेरा फुटाउने धम्की

Banner

चितवन,बैशाख ३०-

फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूलाई भरतपुर ७ स्थित कृष्णपुर माविको मतदानस्थलमा दलका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । भरतपुरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्न पुगेका पत्रकारलाई नेपाली कांग्रेस भरतपुर ७ का सभापति विनोद ढकालको समूहले दुर्व्यवहार गरेको हो ।

पत्रकारलाई भिडियो खिच्न अवरोध गरेका ढकालले पत्रकारको क्यामेरा फुटाउनेसम्मको धम्की दिए । ढकाल कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता हुन् । कांग्रेसकै बागी उमेदवारले त्यहीबाट मतदान गर्ने भएपछि उनीहरूले पत्रकारलाई समेत धम्की दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>