चितवन विशेष

भरतपुरमा गठबन्धनले धाँधली गरेको भन्दै कारबाही गर्न जगन्नाथ पौडेलको माग

Banner

चितवन, वैशाख ३०-

भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय आधारभूत मावि कृष्णपुरमा गठबन्धनले मतदातालाई नमूना मतपत्र बाँडेपछि होहल्ला भएको छ। महानगरको मेयर पदमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल मतदानका लागि निर्वाचन केन्द्र पुग्दा मतदाताले गठबन्धनले नमूना मतपत्र बाँडेको भन्दै निर्वाचन आयोगमा उजुरी गरिदिन आग्रह गरेका थिए। पौडेलले गठबन्धनले मतदान केन्द्रमै नमूना मतपत्र बाँडेर आचार संहिताको उल्लंघन गरेको भन्दै आवश्यक कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरे। उनले निर्वाचनमा जीत–हार सामान्य प्रक्रिया भए पनि गठबन्धनले जबर्जस्ती पेलेर धाँधली गरिरहेको आरोप लगाए।

मेयरका उम्मेदवार पौडेल मतदान केन्द्रमा पुग्दा फोटो खिच्न गएका पत्रकारलाई गठबन्धनका स्थानीय नेताहरूले क्यामेरा फुटाउने धम्की दिएका थिए। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेताहरू पौडेल भोट हाल्न पुग्दा आक्रोशित देखिन्थे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>