Breaking News

भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्लासभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा

Banner

चितवन,बैशाख ३०-

मध्यरातको १ बजे काँग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक आरसी अधिकारीलाई भरतपुर का स्थानीयले नियन्त्रणमा लिएका छन् । उनिहरुले पैसा बाँड्दै मतदाता प्रभावित पार्न हिडेको भन्दै भरतपुर-१३ रामजानकी टोलका स्थानीयले समातेका हुन् । सो क्षेत्र सुकुम्बासीहरु बसोबास गर्ने क्षेत्र हो ।

उनिहरुसंगै सोही गाडीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका स्वकीय सचिव निशा न्यौपाने पनि थिइन् । उनिहरु रातको १ बजे बा १६ च ७५४४ नम्वरको स्कारर्पियो गाडीमा मतदाता प्रभावित पार्ने खालको मतपत्र लिएर हिडेका थिए । उनिहरुको साथबाट नमुना मतपत्रको चिट खोसेर स्थानियले च्यातिदिएका छन् । गाडीमा पैसा लुकाएको हुनसक्ने भन्दै गाडी खानतलासी गर्न खोज्दा प्रहरीले अवरोध गरेको स्थानीयले बताएका छन् । सो क्रममा फोटो र भिडियो खिच्न लाग्दा मोवाइल समेत फालिदिएको स्थानीय विजय विष्टले जानकारी दिए । भिडियो खिचेको भन्दै वाइसियलका कार्यकर्ताले कुटपिट समेत गरेको उनले बताए । उनिहरुलाई दुईतिन घण्टापछि प्रहरीले उद्धार गरेको थियो । घटनाको विषयमा काँग्रेस चितवनका सभापति खनालसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>