Breaking News

मौन अवधिमा सुरक्षाकर्मीसहित माडी पुगे प्रचण्ड,होटलमा भेटे असन्तुष्ट पक्षलाई

Banner

चितवन,बैशाख २९-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन अवधिमा मत माग्दै हिँड्का छन् । उनीले आज माडीको होटल प्याराडाइजमा पुगेर मत मागेका हुन् । भरतपुरका मतदाता रहेका दाहाल माडीमा पार्टीको उम्मेदवार जिताउन मत माग्दै हिँडेको स्थानीयले बताएका छन् । स्रोतका अनुसार माडीमा पार्टीभित्र ठूलो असन्तुष्टि देखिएपछि प्रचण्ड माडी पुगेर असन्तुष्टलाई पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । उनले होटलमा कडा सुरक्षाकाबीच २५/२५ जनाको समूहमा बोलाएर मत मागेको बताईएको छ ।

प्रहरीको स्कटिङ सहित माडी पुगेका प्रचण्डको कार्यक्रम भईरहँदा होटल बाहिर कडा सुरक्षा दिईएको थियो । प्रचण्ड केहीबेर माडी बसेर भरतपुर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>