Breaking News

निर्वाचनको दुईदिन अगाडि नै भरतपुर आए प्रचण्ड, रेनु निवासमा सरकारी तथा निजी गाडीको लावालस्कर

Banner

चितवन,बैशाख २८-

सत्ता गठवन्धनका लागि प्रतिष्ठाको विषय बनेको भरतपुर महानगरपालिकाको निर्वाचन व्यवस्थापकिय पाटो मिलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन हुनभन्दा दुई दिन अगाडि नै भरतपुर आएका छन् ।

दाहाल सडक मार्ग हुँदै दिउँसो ४ बजेतिर भरतपुर आएका हुन् । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छोरी रेनु दाहालको भरतपुर १० स्थित निवासमा बसेका दाहालसँग भरतपुर आए लगत्तै विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका छन् । दाहाल आएपछि रेनुको निवास अगाडि सरकारी तथा नीजि सवारी साधनको निकै लामो लाइन लागेको छ । उनको निवास अगाडिको पार्किङ्गमा नअटाएर गाडी बीरेन्द्र क्याम्पसको डिग्री भवनको अगाडिको सडकमासमेत राखिएका छन् ।

मौन अवधि चलिरहेकै बेला रेनु निवास विभिन्न मन्त्री तथा विभिन्न सरकारी अधिकारीहरुसमेत पुगेका छन् । माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला बालबालिका मन्त्री उमा रेग्मी, प्रदेश मन्त्री घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, कृष्ण खनाल, बलराम पौडेल भरतपुरमा छन् । मन्त्रीहरुले कांग्रेसका असन्तुष्ट बनेका ब्यक्तिहरुलाई फकाउने, गठवन्धनका पक्षमा मत हाल्न दवाव दिनेजस्ता कामहरू गरिरहेको कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल पक्षका एक नेता कृष्ण रेग्मीले बताए ।

उम्मेदवारका निवासमा मौन अवधिका दिन नीजि र सरकारी गाडीको लावालस्कर देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भरतपुरमा सत्ता गठवन्धनले माओवादीलाई मेयरमा सर्मथन गरेको विरोधमा असन्तुष्ट पक्षले बागी उम्मेदवारी दिएको छ । भरतपुरमा एक जना उम्मेदवारलाई जिताउन राज्यशक्तिको चरम दुरुपयोग गरेको भनेर आलोचना हुँदै आएको छ । बागी उम्मेदवारी फिर्ता गराउन राज्यसंयन्त्रको दुरुपयोग गरिएको थियो ।

प्रचारप्रसारको अवधिमा पनि मन्त्रीहरुले नै आचारसंहित उल्लंघन गर्दै गठबन्धनका उम्मेदवारलाई भोट माग्दै हिडेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>