Breaking News

राष्ट्रिय मानव अधिकार आयोगको निर्वाचन अनुगमन टोली चितवनमा

Banner

चितवन,बैशाख २८-

राष्ट्रिय मानव अधिकार आयोग वागमति प्रदेश कार्यालयवाट चितवन जिल्लामा स्थानीय तह सदस्य निर्वाचन, २०७९ अनुगमनको लागी २०७९ बैशाख २८ देखि अनुगमन टोली खटिएको छ । आयोगको दुई सदस्यीय अनुगमन टालीमा मानव अधिकार अधिकृत जायश्वर चापागाई र लोकनाथ घिमिरे रहनु भएको छ ।

मावन अधिकार अधिकृत चापागाईका अनुसार टोलीले चितवन जिल्लाको भरतपुर महानगरपालिका लगाएत सातवटै स्थानीय तहमा पुगेर निर्वाचन प्रकृयाको सम्बन्धमा मानव अधिकारका दृष्टिकोणवाट अनुगमन गर्ने छ ।

आयोगको टोलीले मुख्य गरी निर्वाचनको मौन अवधि पुर्ब उम्मेद्धवारहरुले स्वतन्त्र रुपमा प्रचार–प्रसार गर्न पाए नपाएको, उम्मेद्धार निर्वाचन क्षेत्रमा निर्वाध रुपमा आवत–जावत गर्न पाए नपाएको, उम्मेद्धवारलाई सुरक्षा चुनौतिको अवस्था रहे नरहेको, राजनीतिक दलको जुलश तथा सभा शान्तिपुर्ण रहे नरहेको, सभा जुलशमा वालवालिकाको प्रयोग भए–नभएको विषयमा अनुगमन गर्ने छ । साथै, आयोगको अनुगमन टोलीले मौन अवधिमा निर्वाचन आचार संहिता पालना भए नभएको, मतदान केन्द्रसम्म मतदाताको पहुच रहे नरहेको, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदाताले मतदान गर्न पाए नपाएको लगाएतको विषयमा अनुगमन गर्ने छ ।

आयागको टोलीले निर्वाचन पुर्व, निर्वाचन अवधि र निर्वाचन पश्चातको अवधिमा समेत अनुगन गरी रहने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>