चितवन विशेष

भरतपुर १० मा मेरो जित सुनिश्चित छः परमेश्वर खनाल

Banner

चितवन, वैशाख २७–

भरतपुर महानगरपालिका–१० को वडा अध्यक्षका युवा उम्मेद्वार परमेश्वर खनालले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । सत्तागठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष उम्मेद्वार बनेका खनालले जनताबाट सकरात्मक र रचनात्मक सहयोग पाएको भन्दै आफेनो जित सुनिश्चित भएको दावी गरे ।

अध्यक्षका उमेदवार खनालले भरतपुर १० लाई सफा सुन्दर बनाउने,भरतपुरको मुटु १० नम्वर वडाको मुल समस्यालाई पहिचान गरेर समाधानमा आफु प्रतिबद्ध रहने बाचा कसम खाएका छन् ।

अध्यक्ष पदका उम्मेदवार खनालले वडाबासीहरुको आशीर्वादले नै आफूलाई चुनाव जित्न मद्दत पुग्ने बताए। मलाइ धेरै आमाबुवाहरुको आशीर्वाद छ , यसले मलाइ थप ऊर्जा दिएको छ’, उनले भने। वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको समेत उनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>