चितवन विशेष
अरुण पीडित भण्डारीले लिए वडा सदस्यबाट उम्मेदवारी फिर्ता
०

चितवन, वैशाख २७–
भरतपुर महानगरपालिकाको वडा नं.१० बाट वडा सदस्यमा उम्मेद्वारी दिएका नेकपा (एकीकृत समाजवादी) चितवनका नेता अरुणपीडित भण्डारीले उम्मेद्वारी फिर्ता लिएका छन् ।
आज महानगर इन्चार्जसंग संयुक्त विज्ञप्ती जारी गर्दै भण्डारीले उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् । मतपत्रमा कानुनतः खुल्ला सदस्यतर्फ एक कलम चिन्ह रहेको तर बाम लोकतान्त्रिक गठबन्धनको हितलाई मध्यनजर गर्दै उम्मेद्वारी फिर्ता लिईएको विज्ञप्तीमा उल्लेख छ ।
उनले उम्मेदवारी फिर्ता लिएपछि विगतमा वडा नं.१० को अध्यक्ष र महानगरको प्रवक्ताको जिम्मेवारीलाई सम्पादन गर्दा रचनात्मक साथ र सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























