Breaking News

यी हुन प्रदेश सांसद हुँदा भरतपुरमा विजय सुवेदीले गरेका मुख्यमुख्य काम

Banner

चितवन,बैशाख २७-

शालिन नेता विजय सुवेदी भरतपुरका नागरिक विच चिरपरिचित नाम हो । गुरुयोजना सहितको व्यवस्थित विकासका लागि उहाँको नाम अग्रपंतिमा आउँछ । उहाँले हरेक आयोजनाको निर्माण गर्दा गुरुयोजना बनाएर मात्र गर्नुपर्ने र हरेक काम गर्दा दिर्घकालसम्म सोचेर मात्र गर्नुपर्ने धारणा मात्रै राख्नु हुन्न सोही अनुसार कामलाई अगाडि बढाउनुहुन्छ ।

बृहत्तर चितवनको गुरुयोजनाकार समेत रहनुभएका सुवेदीले बागमती प्रदेशको सांसद हुँदा पनि थुप्रै काम गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रको व्यवस्थित विकासका लागि विभिन्न योजनाहरु अघि बढाउनुभयो ।

उहाँले बागमती प्रदेशको सांसद हुँदा गणेशधाम परियोजना, केरुङ्गा र पुङ्गी खोला व्यवस्थापनको बहुबर्षिय योजना, हरियाली र सरसफाई अभियान, खेलमैदान र कवर्डहल निर्माण, नागरिकका लागि आपतकालिन कोष, चितवनको एतिहासिक दस्तावेज निर्माणको संयोजनसंगै सडक, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका धेरै क्षेत्रमा थुप्रै काम गर्नुभएको छ ।

उहाँले बाग्मती प्रदेश सांसदको अवधिभर आफ्नो निर्वाचन क्षेत्रमा आउने बजेटलाई दिर्घकालिन सोचका साथ न्यायपूर्ण तरिकाबाट खर्च गर्नुभएको छ । जसमा अधिकांश बजेट बहुबर्षिय योजनाका रुपमा समावेश गरिएको छ । कतिपय योजना निर्माण भइसकेका छन् भने कतिपय योजनाहरु निर्माणाधिन अवस्थामा छन् । उहाँ यसबीचमा नागरिकका सुःख दुःखमा सहभागी हुँदै जनताको साथमा रहनुभयो ।

गणेशधाम परियोजनाः

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि नेता सुवेदीको परिकल्पनामा गणेश स्थानलाई गणेशधाम परियोजना बनाई अघि बढाइएको हो । गणेशधामको आकर्षक गुरुयोजना निर्माण गरिएको छ भने प्रदेश सरकारबाट बहुबर्षिय योजनामा समावेश गरेर धमाधम काम भइरहेको छ । सो परियोजनाका लागि ७ करोड १६ लाख रुपैयाँ विनियोजन भई कतिपय काम भईसकेको छ भने कतिपय भईरहेका छन् । त्यहाँ तीन किलोमिटरको आकर्षक मावन निर्मित तला बनाइने छ भने अन्य आकर्षक संरचनाहरु निर्माण हुनेछन् ।

केरुङ्गा घोल व्यवस्थापन

भरतपुर महानगरपालिका–११ हुँदै राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गर्ने योजना सांसद सुवेदीले अघि बढाउनुभएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो । भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट शुरु भएको यस घोल वडा नं १२, ९, ८, ५, १३, १४, १६, २२ र २३ हुँदै केरुङ्गा खोला बनेर राप्ती नदीमा मिसिन्छ । भरतपुरको मुख्य क्षेत्रका ढलको पानी यसै घोलमा मिसाइने गरिन्छ ।

केरुङ्गा घोलले महानगरपालिकाको आधा जनसंख्यालाई असर पार्ने भएकाले संरक्षण गर्ने कार्यक्रम ल्याइएको हो । जिल्लामा पानी बग्ने नारायणी र राप्ती नदी पछिको महत्वपूर्ण घोल केरुङ्गा भएकाले यसमा भविष्यमा डुङ्गा चलाउन सक्नेगरी काम अघि बढाइएको छ । केरुङ्गामा जल यातायातसंगै दुबैपट्टी छेउमा साइकल लेनसँगै पैदलयात्रा गर्न मिल्ने गरी हरियाली बनाउने अवधारणा अघि बढाइएको छ । यो आयोजनाका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरेर धमाधम काम भइरहेको छ ।
बिचबिचमा चेक ड्याम बनाएर ढुंगा लगायतका वाटर एक्टिभिटी गर्ने योजना छ । बर्षातको पानी निकास गरी यस क्षेत्रलाई डुवान रहित बनाउने, फोहोर पानीको छुट्टै व्यवस्थापन हुनेछ । यसले भरतपुरको सुन्दरता बढाउनुका साथै तापक्रम नियन्त्रणमा सहयोग पु¥याउने छ ।

पुङ्गगी खोला व्यवस्थापन

भरतपुरको ११ को गणेशधामदेखि सुरु हुने यो खोला नारायणगढको लायन्सचोक हुँदै नारायणी नदीमा मिसिन्छ । संरक्षणको अभावमा अतिक्रमणको चपेटामा परेको पुङ्गी खोलाको सिमाङ्कनको काम भएको छ भने डिजाइन तयार भएको छ । यो परियोजनाको प्रारम्भिक काम भएको छ ।

सडकपूर्वाधार

सुवेदीले सांसद हुँदा भरतपुर गितानगर हुँदै जगातपुर निस्कने हुलाकी सडकको बाइपासको रुपमा पुलचोकबाट धारापानी हुँदै पञ्चरत्न फिल्ड, कैशालनगर, गितानगर हुँदै पटिहानीसम्मको सडकका लागि बजेट विनियोजन गरेर काम गरिएको छ भने भरतपुरको बाइपासलाई पनि अझै बाइपास बनाउने हिसाबले भरतपुर बसपार्कबाट घोलबजार, गणेशधाम हुँदै आँपटारी निस्कने सडक निर्माणको काम गरिएको छ । यस्तै सांसद सुवेदीको निर्वाचन क्षेत्र पर्ने ७ वटा वडाका विभिन्न सडक निर्माण गरिएको छ ।

बाइपास सडक चार लेनको बनाउन पहल

बाइपास सडक विस्तारको क्रममा दुई लेनको मात्र स्वीकृत भएर काम अगाडी बढेको थियो । त्यसलाई संशोधन गरी चार लेन बनाउन सुवेदी मन्त्रालयसम्म पुग्नुभएको थियो । सो सडक निर्माणका क्रममा निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि उहाँले धर्ना समेत दिनुभएको थियो । सडक निर्माणलाई तिब्रता दिन उहाँको पहलमा जिल्ला प्रशासन कार्यालयमा एक दर्जन बढी सर्बपक्षीय बैठक गरिएको थियो । अहिले बाइपास सडक चार लेनको रुपमा विस्तारको काम भइरहेको छ ।

भरतपुरमा लाइसेन्स रिन्यूमा पहल

भरतपुरस्थित यातायात व्यवस्था कार्यालयबाट लाईसेन्स रिन्यू सहितको व्यवस्थाको पहलमा सुवेदी निरन्तर खटिनुभयो । उहाँले जिल्लाका सरोकारवालालाई पटक पटक प्रदेश सरकारका मन्त्री समक्ष लगरे झक्झकाउने काम गर्नुभयो । तत्कालिन सचिव संजिव बराल र भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल हुँदा भरतपुरबाटै लाइसेन्सको नविकरण गर्ने र यहाँबाटै लाइसेन्द प्रदान गर्ने नीतिगत निर्णय भएको थियो । भरतपुरबाट लाइसेन्सको नविकरणको काम सुरु भएको छ भने नयाँ लाइसेन्सका लागि अन्तिम तयारी हुँदैछ ।

वातावरण र सरसफाईका क्षेत्रमा काम

वातावरण संरक्षणमा सुवेदीले निरन्तर काम गर्दै आउनुभएको छ । उहाँले भरतपुरलाई सफा सुन्दर बनाउनुपर्छ भन्ने उद्देश्यले गोन्द्राङको राइनोताल, नवजागृतिमा पार्क निर्माण प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गराउनुभएको छ । त्यस्तै प्रदेश सरकारकै बजेटबाट गोन्द्राङ र भरतपुर अस्पताल अगाडी शौचालय निर्माण गरिएको छ । वे गु्रप लगायतका संघसंस्थाले आयोजना गर्ने नियमित साप्ताहिक सरसफाई कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुन्छ । उहाँले हरेक जन्मदिनमा वृक्षारोपण समेत गर्दै आउनुभएको छ ।

खेल मैदान र कबर्डहल निर्माण

खेलकुदको विकासका लागि बाग्मती प्रदेश सांसदको कोषबाट आकर्षक कृष्णपुर खेल मैदान निर्माण गरिएको छ । त्यस्तै एक करोड रुपैयाँ खर्चेर गेष्टहाउस चौरमा रहेको कबर्ड हलको मर्मत, आन्नदपुरको कवर्ड हल निर्माण गरिएको छ ।

फोहोरबाट ग्याँस उत्पादन

सांसद सुवेदीले घरबाट दैनिक निस्कने फोहोरको व्यवस्थापनको अवधारणालाई प्राथमिकताका साथ अघि बढाउनुभयो । उहाँले घरबाट निस्कने फोहोरबाट ग्याँस उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण भरतपुरका विभिन्न टोलमा प्लान्ट जडान गरेर काम गर्नुभयो । अहिलेपनि भरतपुरका विभिन्न टोलमा फोहोरबाट ग्याँस बालेर खाना पकाइन्छ ।
उहाँले मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कौसी खेती र फलफुलका विरुवा रोप्ने कार्यक्रम पनि प्राथमिकताका साथ अघि बढाउनुभयो ।

शैक्षिक सुधारमा अग्रसरता

बाग्मती प्रदेश सांसद हुँदा विद्यालय सुधारमा पनि सुवेदी अग्रसर भएर काम गर्नुभयो । राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुर र मोहन माध्यमिक विद्यालयमा काम गर्दै सिक्दै पढ्दै कार्यक्रम सञ्चालन भएको छ ।

टोलटोलमा आपतकालिन राहत कोष स्थापना

सुवेदीले भरतपुरका टोलटोलमा आपतकालिन राहत कोष स्थापना गर्नुभएको छ । यस कोषमा जुनसुकै प्रकृतिको विपतमा पनि मानिसलाई सहयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा विभिन्न टोलमा ५० हजारको कोष स्थापना भएको छ । त्यसबाट विपन्न नागरिकहरु लाभाम्वित भएका छन् ।

निर्वाचन क्षेत्रमा नियमित घरदैलो

आफ्नो निर्वाचन क्षेत्रमा नियमित घरदैलो गर्दै जनताका समस्या बुझ्ने र समाधानका लागि सुवेदीले पहल गर्नुभयो । उहाँले अस्पतालमा आउने विरामीदेखि शिक्षाबाट वन्चित रहेका बालबालिकालाई शिक्षाको पहुँचसम्म ल्याउनका लागि सहयोग गर्नुभएको छ ।

विभिन्न भौतिक संरचनाहरु निर्माण

प्रदेश सांसद हुँदा सुवेदीले विभन्न सामुदायीक भवन, टोल विकास संस्थाका भवन, आमा समूह, युवा समूह र जेष्ठ नागरिकका लागि विभिन्न कार्याक्रम र योजना ल्याउनुभएको थियो ।

चितवन दर्पण एतिहाँसिक दस्तावेजका संयोजक

सुवेदीको संयोजकत्वमा चितवनको इतिहास, वर्तमान र भविष्य परिकल्पना सहितको पुस्तक प्रकाशन भएको छ । जिल्ला समन्वय समिति चितवनसँगको सहकार्यमा प्रकाशन गरिएको पुस्तक चितवनको दस्तावेजको रुपमा प्रकाशन भएको छ । लोभलालच, मोहन, ऋणबाट टाढै रहनु हुने सादगी नेता सुवेदी पदमा हुँदा वा नहुँदा पनि सदा जनताको सेवामा समर्पित हुँदै आउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>