Breaking News

चुनावपछि उडायो सपना हुरिले भन्दै ओली बालकोटमा क्यारेमबोर्ड खेलेर बस्छन्ः ईन्द्र बानियाँ

Banner

चितवन, वैशाख २७–

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले मानवताको सिद्धान्तमा पाँच दलिय गठबन्धन भएको बताएका छन् ।

आज (मंगलबार) चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बानिँयाले न्याय, धर्म, सँस्कृति, संस्कार, परम्परालाई स्वीकार गरेर मानवताको सिद्धान्तमा गठबन्धन भएको बताएका हुन् ।

यस्तै उनले रुखले हसिँया हतौडामा र हसिँया हतौडाले रुखमा भोट हाल्ने अभ्यास राष्ट्रिय सभामा भइसकेको बताए । यसैले यो गठबन्धनलाई अन्यथा लिन नहुने उनको भनाइ थियो । उनले शान्ति सम्झौताको खिलाबमा जानेहरु कांग्रेस हुनै नसक्ने समेत बताए ।

कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई भोट हाल्न सक्दैन भन्नु भ्रमको खेती गर्ने केपी ओलीलाई समर्थन गर्नु बराबर भएको उनको तर्क थियो । उनले गणतन्त्रलाई संस्थागत गर्न र समावेशी व्यवस्थालाई जोगाउन गरिएको गठबन्धनलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताए ।

यस्तै उनले केपी ओलीलाई भ्रमको खेतीको महानायकको संज्ञा दिए । ‘ओली एमसिसीको केसमा यिनीहरु टुट्लान अनी झ्याम्म तर मारेर खाउँला भनेर बसेका थिए । एमसीसी पास भयो ओली उत्तानो परे’ उनले भने, ‘ओली भ्रम र झुठको पुलिन्दाको महानायक हो ।’ उनले अघि भने,‘ज्योतिषले जस्तो असार १७ गतेबाट यो गठबन्धनमा गड्बड हुन्छ भन्दैछन् । हाम्रो गठबन्धनले जितेपछि उनको चाँही दिमाख गड्बड हुन्छ ।’

उनले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको परिणामपछि ओली कमल थापासँग मिलेर बालकोटमा क्यारेमबोर्ड खेलेर बस्ने बताए । ‘स्थानीय तहको परिणाम आएपछि गड्बड हुन्छ अनी प्रदेश र प्रतिनिधि सभामा उत्तानो परेपछि यि दुइटै उडायो सपना हुरीले भनेर अंगालो मारेर क्यारेमबोर्ड खेलेर बस्ने हो बालकोटमा’– उनले भने ।

उनले सबै पालिकामा गठबन्धनका उम्मेदवारलाई भोट हालेर विजयी गराउन अपिल गरे । यस्तै उनले गठबन्धनका उम्मेदवारलाई विजयी भएपछि प्रतिवद्धता अनुसार काम गर्न आग्रह पनि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>