Breaking News

भरतपुरका बागी उम्मेदवार पौडेललाई कसले दिदैछन् साथ ?

Banner

चितवन, वैशाख २७–

नेपाली कांग्रेसमा रहेर सधैँ विद्रोह र असहयोग गर्दै आएका चितवनका नेताहरु भरतपुर महानगरको बागी उम्मेदवार जगन्नाथ पौडेललाई सघाउने समूहमा देखिएका छन् । पौडेललाई साथ दिनेमा केही कांँग्रेसको महाधिवेसन प्रतिनिधि, जिल्ला समितिमा पराजित उम्मेदवारहरु छन् । भरतपुर–७ बाटै महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला सभापति बन्ने सपना पुरा नभएपछि पौडेल असन्तुष्ट बन्दै आएका थिए ।

पौडेलको पक्षमा खुलेर लागेका चितवन कांग्रेसका अधिकाँस नेता, कार्यकर्ताहरु मतदानको दिन नजिकिदै गर्दा गठबन्धनकै चुनावी अभियानमा सक्रिय बन्न थालेका छन् ।

कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा २०५१ मा कांग्रेसका गंगाधर लम्साल ३ नम्बर क्षेत्रबाट चुनाव जित्दा समेत विद्रोह गरेर बागी उम्मेदवार बन्न खोज्दा तरुण दलले रोकेको थियो । सापकोटाले केन्द्रीय सदस्य टेकप्रसाद गुरुङविरुद्ध समेत संसदीय चुनावमा बागी उम्मेदवारी दिन लागेपछि पार्टीले उनलाई आमन्त्रीत केन्द्रीय सदस्य बनाएर थमथमाएको थियो । पौडेलको पक्षमा उभिएका भीमबहादुर श्रेष्ठ पुराना कम्युनिष्ट नेता हुन् ।

उनी २०३८ मा नेकपा (प्रजातन्त्रवादी) का तर्फबाट सांसद बनेका थिए । पौडेलको पक्षमा लागेका शम्भु अर्याल, महेन्द्रराज श्रेष्ठ, सूर्य बस्नेत, तारा पौडेल महाधिवेशन प्रतिनिधिमै हारेपछि कांग्रेस विरुद्धको मोर्चामा उभिएका छन् । चितवनको सचिवमा पराजित आनन्द राउत, दिपक अधिकारी, जिल्ला सदस्यमा पराजित धुर्व मिश्र, इश्वरी कँडेल पनि अहिले सोही मोर्चामा छन् ।

कांग्रेसभित्र निर्वाचित हुन नसकेपछि निर्वाचन जिल्ला समिति विरुद्धको मोर्चामा लागेका केही नेताहरुको साथ मेयर उम्मेदवारलाई पौडेललाई भएको देखिन्छ । पौडेललाई साथ दिंँदै आएकी मिना खरेल २०७४ मा महानगरको उपमेयरको टिकट नदिएपछि निरन्तर कांग्रेसभित्र असन्तुष्ट बन्दै आएकी थिइन् ।

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसीहरु लागेपछि पौडेलको पक्षमा लागेका अधिकाँस नेता, कार्यकर्ताले पौडेलको साथ छाड्ने क्रम बढ्दो छ । केही दिन अघिदेखि पौडेलको चुनावी कोणसभामा समेत कांग्रेसीहरुहरुको संख्या न्यून हुँदै गएको बताइन्छ । पौडेल यस्ता बागी उमेद्वार हुन् जसले हालसम्म महानगर विकासप्रतिको प्रतिवद्धतापत्र समेत जारी गर्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>