Breaking News

अनिल परियारको हत्याले दुखित तुल्याएको छ, दोषीलाई कडा कारवाहीको माग गर्दछुः रेनु दाहाल

Banner

चितवन, वैशाख २६–

गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर उम्मेद्वार रहेकी रेनु दाहालले गयराति भएको कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्याले दुखित तुल्याएको बताएकी छन् ।

आज (सोमबार) अपरान्ह भरतपुर–११ शिद्धिबिनायक टोलमा आयोजित चुनावी घरदैलो कार्यक्रममा बोल्दै दाहालले परियारको निधनले सिंगो गठबन्धनलाई अपुरणीय क्षति पुगेको भन्दै घटनाप्रति दुःख व्यक्त गरिन् । ‘आज हामी गठबन्धनका सबै पीडामा छौं, गठबन्धनका होनाहार कार्यकर्ता, हिजोसम्म सक्रियढंगले लागेको व्यक्तिलाई नियोजित ढंगले हत्या गरिएको छ, घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु’–दाहालले भनिन् ।

दाहालले परियारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरिन् । उनले स्थानीय प्रशासनलाई छिटो भन्दा छिटो सत्यतथ्य पत्ता लगाएर दोषीलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरिन् ।

फरक प्रशंगमा उम्मेद्वार दाहालले भरतपुर–११ मा महानगरको तर्फबाट सक्दो सहयोग भएको भन्दै आगामि दिनमा थप विकास निर्माणको काममा टेवा पु¥याउने बताइन् । उनले अर्को पाँच वर्षमा जनताको भावनाको कदर गर्दै सोही अनुसार काममा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाईन् ।

उनले भनिन्–‘भरतपुरलाई देशको समृद्ध महानगर बनाउने संकल्पसहित अगाडि बढेका छौं, हामीलाई जिताउनु हुनेछ भन्नेमा पूर्ण विश्वस्त छौं ।’ यस्तै दाहालले विगतदेखि नै देखिएको टोल विकास संस्था गठनको विवादलाई गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले पुरा गर्ने प्रतिवद्धता जनाइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>