Breaking News

पोखरामा कांग्रेसका बागी उम्मेद्वारले गरे गठबन्धनलाई समर्थन

Banner

पोखरा, वैशाख २६–

निकै रस्साकस्सीपछि पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छिन् ।

कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको र साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>