Breaking News

अनिल परियार हत्याकाण्डः भरतपुरमा एक घण्टा चक्काजाम

Banner

चितवन, वैशाख २६–

‘नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्याको विरोधमा चितवनको भरतपुरस्थित चौविसकोठीलगायत क्षेत्रमा एक घण्टा चक्काजाम गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत भरतपुरस्थित चौविसकोठी, सिएमसी गेट र क्याम्पस गेट अगाडि एक घण्टा चक्काजाम गरिएको हो । हत्याको विरोधमा स्वतस्फूर्त रुपमा निश्किएका युवाहरुले चक्का जाम गरेका हुन् ।

उनीहरुले एउटा गाडीमा सामान्य क्षति समेत पुर्‍याएका थिए । तरुण दल चितवनले हत्याको विरोधमा दिउँसो मोटरसाइकल ¥याली समेत निकाल्दैछ । जिल्ला अध्यक्ष राजन ताम्राकारले घटनाको विरोधमा शान्तिपूर्णरुपमा विरोध र्‍याली निकाल्न लागिएको जानकारी दिए ।

भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित नगर प्लटिङ क्षेत्रमा राति करिव ७ः३० बजेको समयमा अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ का अनिल परियारको मृत्यु भएको थियो । उनको शव अहिले पनि चितवन मेडिकल कलेज शवगृहमा रहेको छ । मृतक परियार नेपाली कांग्रेस चितवन प्रदेश क्षेत्र नं.२ (ख)बाट निर्वाचित प्रदेश प्रतिनिधि समेत थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले घटनामा संलग्न रहेकाहरुको नजिक अनुसन्धान पुगेको जनाएका छन् । उनले छिट्टै दोषी पत्तालगायतर घटनाको सत्यतथ्य छानविन गरिने बताए । घटनामा संलग्न दोषीलाई छिटो पक्राउ गरि सार्वजनिक गर्न नेपाली कांग्रेस, नेविसंघ, तरुण दलले विज्ञप्ती जारी गर्दै माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>