Breaking News

अनिल परियार हत्याकाण्डः दोषीलाई कडा कारवाही गर्न चितवन कांग्रेसको माग

Banner

चितवन, वैशाख २६–

नेपाली कांग्रेस चितवनले अनिल परियारको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालद्धारा आज जारी विज्ञप्तीमा घटना बारे सत्यतथ्य पत्ता लगाई कडा कारवाहीको माग गरिएको हो ।

विज्ञप्तीमा भनिएको छ–‘नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको मिति २०७९ बैशाख २५ गते साँझ अन्दाजी ७ः३० बजे भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समुहबाट धारिलो हतियार प्रहार गरि हत्या गरिएको घटना प्रति नेपाली कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ । उक्त घटना प्रति नेपाली कांग्रेस चितवन खेद प्रकट गर्दै यस घटनाको यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकाय संग जोडदार माग गर्दछौ । अन्यथा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम प्रशासन हुने छ । दिवंगत आत्माप्रति चिरशान्तिको कामना एवम् भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तव्ध परिवारजनमा गहिरो समवेदन ब्यक्त गर्दछौ ।’

घटनाको विरोधमा स्वतस्फूर्त निस्किएको युवाहरुको समूले आज विहान १० बजेदेखि एक घण्टा चक्काजाम समेत गरेका छन् ।

यस्तै नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ चितवनले पनि एक विज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । घटनाको विरोधमा तरुण दल चितवनले दिउँसो १ बजे विरोध र्‍याली समेत निकाल्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>