Breaking News

भरतपुर कांग्रेस युवाको हत्या, चितवन मेडिकल कलेजमा कडा सुरक्षा, संलग्न अझै पत्ता लागेन

Banner

चितवन, वैशाख २६–

चितवनको भरतपुरमा एक युवाको हत्या भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

हिजो साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियार (कान) को धारिलो हतियार प्रयोग गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । उनलाई भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइए पनि चिकित्सकले यसअघिनै मृत्यु भएको जनाएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । आन्तरिक विवाद र लेनदेन कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ । परियारसंग केहीमहिनादेखि भारतीय एक नागरिकको उठबस रहेको र घटनामा उनकै संलग्नता हुनसक्ने भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ ।

घटनापछि आज विहान भरतपुरका दुई चोकमा टायर बालिएको छ । मिलनचोक र आस्था चोकमा टायर बालिएको हो । टायर बालेको क्षेत्रमा कोही देखिदैनन् । कस्ले टायर बालेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । विहानसम्म प्रहरीले घटना कस्ले र किन ग¥यो भन्ने पत्ता नलागेको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>