Breaking News
चुनावको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस
०
काठमाडौं, वैशाख २६–
स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।
आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>