Breaking News

भरतपुरमा एक युवाको हत्या, दुई चोकमा विहानै टायर बालियो

Banner

चितवन,बैशाख २६-

चितवनको भरतपुरमा एक युवाको हत्या भएको छ । हिजो साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियार (कान) को धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । उनलाई भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । आन्तरिक विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि आज विहान भरतपुरका दुई चोकमा टायर बालिएको छ । मिलनचोक र आस्था चोकमा टायर बालिएको हो । टायर बालेको क्षेत्रमा कोही देखिदैनन् । कस्ले टायर बालेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । विहानसम्म प्रहरीले घटना कस्ले र किन गर्‍यो भन्ने पत्ता नलागेको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>