Breaking News

भरतपुरमा धारिलो हतियारले हानेर एक युवाको हत्या,घटनाको अनुसन्धान हुँदै

Banner

चितवन,बैशाख २५-

चितवनको भरतपुरमा एक युवाको हत्या भएको छ । आज साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियार (कान) को धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । उनलाई भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>