देश/प्रदेश

वैशाख ३० गते कोरोनाविरुद्धको खोप सेवा बन्द हुने

Banner

काठमाण्डौ, बैशाख २५–

पालिका चुनावको दिन वैशाख ३० गते शुक्रवार खोप सेवा बन्द हुने भएको छ ।

मतदानको दिन मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वाथ्यकर्मीले पनि मताधिकार प्रयोग गर्नुपर्ने भएकोले कोरोनाविरुद्धको खोपसँगै अरू नियमित खोप सेवा बन्द हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले सबै मतदान केन्द्र नजिक खोप केन्द्र पनि राखेर कोरोनाविरुद्धको खोप लगाउने बताएको थियो । मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर वैशाख ३० गते खोप कार्यक्रम नहुने भन्दै कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकाहरूले त्यसअघि नै खोप लगाउन आग्रह गरेको छ ।

यस्तै वैशाख ३० गतेपछि खोप कार्यक्रम नियमित हुने पनि मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>