चितवन विशेष

‘रेनु दाहालप्रति नै आश भरोसा’

Banner

भरतपुर, वैशाख २५–

भरतपुर महानगरपालिका–९ बिहानी टोलका लेखबहादुर परियारले ७५ वसन्त पार गरि सके अझै पनि सक्रिय छन् । कपडा सिलाएर दैनिक गुजारा चलाउँछन् । यो उनको पूख्र्यौली पेशा हो ।

सानो हुँदा हाते मेशिन चलाएर सिलाइको काम सुरु गरेका परियारले अहिले खुट्टाले चलाउने मेशिनबाट कपडा सिलाएर दैनिक गुजारा चलाएका छन् । उनलाई बिजुली बाटचल्ने मेसिन चलाउँने औधी रहर छ । उनी भन्छन् ‘बुढेसकाल लाग्यो खुट्टा झुण्ड्याई चलाईरहँदा सुन्निन र करकर खान थालेको छ ।’

२०३७ सालमा धादिङबाट चितवन झरेका तेजबहादुरलाई पछिल्लो चार पाँच वर्षको विकास देख्दा अचम्म लाग्छ । उनी भन्छन्–‘केही वर्ष अगाडिसम्म हाम्रै घर अगाडिको यो बाटो धुलो उडेर हैरान हने अवस्था थियो । जताततै भैसी आहाल बस्ने जस्ता खाल्डा हुन्थे । हिउँदमा धुलोले बर्खामा हिलोले बाटो हिड्न समेत मुश्किल थियो । तर अहिले सबै बाटोहरु पीच भएका छन् । हिउँद वर्खा उस्तै छ ।

राजनीतिका बारेमा खासै नबुझे पनि विकासको बारेमा भने उनले बुझेका छन् । यो बाटो बनाउनेहरुलाई फेरीपनि भोट हाल्नु पर्छ भन्छन् उनी । ‘यस अघिका चुनावमा के भयो कसलाई भोट हालियो भन्दा पनि यस पटक रेनु दाहाललाई मेयर बनाउनुपर्छ भन्ने सुनेको छु । यो विकास पनि उनैले गरेको भन्ने सुनेको छु, फेरी पनि एक पटक रेनु दाहाललाईनै मेयर बनाउनु पर्छ’ उनले भने ।

भरतपुर महानगरपालिका क्षेत्रका अधिकांश युवादेखि जेष्ठ नगारिकले विकासप्रेमी, अनुभवी उमेदवारलाई मतदात गर्ने इच्छा जोहर गरेका छन् ।

भरतपुर–९ मा बस्ने युवा इच्छा सापकोटाले विगत पाँच वर्षको अवधिमा भरतपुरको मुहार फेरिएको बताइन् । भरतपुर महानगरकी निवर्तमान मेयर दाहालकै नेतृत्वमा अल्पकालीन र दीर्घकालीन योजनाहरु अगाडि बढेकाले रेनुलाई दोहो¥याउनु पर्ने उनको भनाई छ ।

‘महिलाले नेतृत्व गरेको ठाउँमा महिलाका हक, अधिकारलाई स्थापित गर्न पनि फेरि एक पटक उहाँलाई नै जिताउँदा राम्रो हुन्छ ।’ भरतपुरका ८१ वर्षीय चेतनाथ पौडेल पनि गठबन्धनकै उमेदवारको पक्षमा उभिएका छन् । काम गर्नेलाई भोट दिने भन्दै उनले अगाडि थपे ‘पहिले पनि मेयरमा रेनुलाई नै दिएको हो, भरतपुरमा काम राम्रै भएको छ, अहिले पनि रेनुलाई नै दिने विचार छ ।’

भरतपुरकै कृष्णा पौडेलले भ्रष्टाचार रोक्ने उमेदवारलाई भोट दिनुपर्ने विचार राखिन् । उनले भनिन्–‘जसले जिते पनि भ्रष्टाचार र घुसखोरी रोकेर देशको विकास गर्नुपर्छ ।’

भरतपुरका ७८ वर्षिय विष्णुप्रसाद सुवेदीले पहिला पनि राम्रा काम गरेका अनुभवीलाई फेरि पनि जिताउनु पर्ने बताउँछन् । भरतपुरबासी यी त प्रतिनिधि पात्र मात्रै हुन् । महानगरमा पुनः विकासप्रेमी व्यक्ति आउन् भन्ने धेरैको चाहना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>