Breaking News

चितवनको खैरहनीमा युवा संघका नेतामाथि आक्रमण,केही व्यक्ति पक्राउ

Banner

चितवन,बैशाख २५-

अज्ञात व्यक्तिको हतियार प्रहारबाट युवा संघ खैरहनीका कुमार थापा गम्भीर घाइते भए का छन् । खैरहनी ८ स्थित थापाको घरनजिक हतियार प्रहार भएको थियो । शनिबार राति भएको घटनामा थापा गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले बताए । उनका अनुसार हतियार प्रहारबाट थापाको टाउको, हात, खुट्टामा चोट लागेको छ ।

घटनामा संलग्नको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए । थापा एक वर्षअघि नेपाली काङ्ग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । राजनीतिक प्रतिशोधका कारण घटना गराइएको हुन सक्ने अनुमान गरिएको छ । निर्वाचनमा प्रमुख ,उपप्रमुख पदका उम्मेदवार र विभिन्न वडाको प्रचारप्रसार र घरदैलोमा उनी सक्रियरुपमा लागेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>