Breaking News

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

Banner

चितवन बैशाख २५-

मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत अवरुद्ध भएको सडक सुचारु भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा फेरी सुख्खा पहिरो खस्दा शनिवार साँझ करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

हिजो गएको पहिरो हटाएपछि साढे आठ घण्टा पछि सवारी साधनको आवागमन दुई तर्फी सुचारु भएको थियो । तर, दुवै तर्फ सुचारु भएको आधा घण्टामै पुनस् पहिरो खसी सडक अवरुद्ध भएको थियो । अहिले मुग्लिन र भरतपुरबाट १र१ वटा जे।सि।भि।प्रयोग गरेर पहिरो हटाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो हटाएसगै अलपत्र परेका सवारी साधन आफ्नो गन्तव्य तर्फ लागेका छन् । यस स्थानमा पटक पटक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>