चितवन विशेष

विकासमा पक्षविपक्षमा हुँदैनः रेनु दाहाल

Banner

चितवन,बैशाख २४-

पाँच दलीय गठबन्धन तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदकी उम्मेद्वार रेनु दाहाल आफु विकासको पक्षपाती भएको बताएकी छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट दोस्रो कार्यकाल भरतपुर महानगरको मेयर पदमा उम्मेद्वार बनेकी दाहालले संचारकर्मीसंग कुरा गर्दै त्यस्तो बताएकी हुन् । उनले अघिल्लो कार्यकालमा शुरु गरिएका कामलाई पूर्णता दिंदै गर्दा महानगरको एउटा विकासको झलक देखिने बताउँदै अझै धेरै काम पाइपलाइन रहेको बताइन् । उनले भनिन, ‘पाइपलाईनमा रहेका काम पुरा गर्न मेरो दोस्रो कार्यकालको लागि उम्मेद्वारी हो ।’

उनले सरसर्ती आफु र आफ्नो पालामा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारी र आयआर्जनका क्षेत्रमा गरिएको विकासबाट आफु उत्साहित भएको बताउँदै अधुरा र अपुरा काम, तिनको लक्ष्य र कार्यभारको बारे जानकारी दिइन् । र भनिन् ‘भरतपुरमा जे जस्तो विकास भएको छ त्यस बाट म उत्साहित छु सायद आम महानगरबासी पनि उत्साहित हुनुहुन्छ भन्ने मलाई लागेको छ । यो विकास मेरो एक्लो पहलबाट मात्र सम्भव भएको होइन, यसमा सबैको साथ सहयोग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>