Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डमा ठूलो पहिरो खस्यो,आज खुल्ने सम्भावना न्यून

Banner

चितवन,बैशाख २४-

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाँउपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात संचालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।

मुग्लिनहुँदै नारायणढ तर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फनै रोखिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>