Breaking News

चुनावी सभालाई सम्बोधन गर्न भोलि देउवा र प्रचण्ड दाङ आउँदै

Banner

दाङ, बैशाख २४ – 
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि आइतबार दाङ आउने भएका छन् । पालिका तह चुनावलाई सम्बोधन गर्न नेपाली कांग्रेसका पार्टी सभापति समेत रहेका देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको यही २५ गते आइतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संयुक्त चुनावी गठबन्धन मार्फत पालिका तहको चुनावमा होमिएकाले चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसहित केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने छन् ।

घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको समेत समितिले जनाएको छ । जिल्ला समन्वय समितिको दक्षिण तर्फको शहीदमञ्चमा बृहत कार्यक्रम आयोजना गरीएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड घोराहीमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरिएका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>