Breaking News

ज्यानको परवाह नगरी कांग्रेस जोगाउन हिडेको छु,मेयर बने तलबभत्ता लिन्नः पौडेल

Banner

चितवन,बैशाख २४-

भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले आफूहरुको ज्यान जोखिममा रहेको भन्दै कुनै पनि बेला सांघातिक हमला हुन सक्ने बताएका छन् । चुनावी अभियानका क्रममा रामपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पौडेलले आफूहरु ज्यानको परवाह नगरी कांग्रेस जोगाउन उभिएको र महानगरको मेयर बनेर तलबभत्ता नलिने बताए ।

आफू पनि जेल जीवन बिताएर आएको भन्दै धम्कीबाट नडाराउने उनको भनाइ छ । पौडेलले भने, ‘आफ्नो पार्टीका कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको छोरी बोक्ने कस्तो पार्टी बनाउँदैछौं कांग्रेसलाई । गठबन्धन हाम्रो सरोकारको विषय होइन र हामीलाई सोधेर गरेको पनि होइन । जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटनामा पर्छ, आकाश खस्छ जस्तो कुरा प्रधानमन्त्री भइसकेका नेताहरुले गरेको सुन्दा मलाई आत्मग्लानी भएको छ ।’

पौडेलले गठबन्धन देश बनाउन नभएर नेताहरुका परिवार पाल्न भएको भन्दै आफू महानगरपालिकाको मेयर जित्न उम्मेदवार बनेको बताए । उनले आफू र आफूलाई सघाउनेहरुको ज्यान खतरामा रहेकोसमेत दावी गरेका छन् । पौडेलले भने, ‘यो गठबन्धन मेलम्चीको पानी चाँडो ल्याउँ भनेर भएको हो रु सुरुङमार्ग चाँडो सम्पन्न गरौं भनेर भएको हो रु बनेपा बर्दिबास सडक विस्तार चार वर्षमै सकौं भन्ने उद्देश्यले भएको हो रु होइन । यो त कसैको श्रीमती, कसैको छोरी, कसैको छोरा, साला, ज्वाइँलाई दिन, मिलेर खान हो । हामी हिजो पनि जेल बसेका हौं । आज पनि हामीमाथि दागा घरेका छन् । हामीमाथि कुनै पनि बेला सांघातिक प्रहार हुन सक्छ । तर हामीलाई जिन्दगीको माया छैन,आफ्नोबारेमा सोचेका होइनौं ।’

पौडेलले आफू चाहेर पनि सबै मतदातासम्म पुग्ने समय नभएको तर सबैतिरबाट सहयोगको बचन पाएको बताए । उनले यो अभियान कांग्रेस जोगाउने र भरतपुर महानगरपालिका बनाउनेबाहेक अरु कुनै उद्देश्यले नभएको दावी गरे । उनी ८४ वर्षे वयोवृद्ध नेता कृष्णलाल सापकोटासहितको टोली लिएर अभियानमा हिँडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>