चितवन विशेष

भरतपुर-१९ मा जसले चुनाव हारेर पनि वडाको विकास र सामाजिक काम गरे,फेरी उम्मेदवार बने

Banner

चितवन,बैशाख २४-

विपन्न परिवारको घर निर्माण तथा विकास निर्माणमा निरन्तर खटिएका भरतपुर–१९ का युवा समाजसेवी प्रकाश तामाङ असन्न चुनावमा पुनः वडाध्यक्षका प्रत्यासी बनेका छन। मतपत्र च्यातिएसंगै गत स्थानीय निर्वाचनमा चर्चित बनेको भरतपुर–१९ मा वडाध्यक्षमा नेकपा (एमाले)बाट उमेदवार भई पराजित भएका तामाङलाइ फेरी उमेदवार बनाएको हो।

युवा समाजसेवी तामाङले चुहिएका छाना र भत्किएको छिँडीमा बस्न बाध्य भरतपुर–१९, शान्तिटोल निवासी मंगलमाया सुनारको साथै भरतपुर वडा नं–१९ स्थित शारदानगर टाउनमा बसोवास गर्ने एकल महिला सुनिता नेपालीको घर बनाएर हस्तान्तरण गरेका थिए ।

सामाजिक सेवामा समर्पित तामाङको सक्रियतामा र बागमती प्रदेश सरकारको सहयोगमा भरतपुर–१९ को रामपुर बजारमा नाली निर्माणको काम भएको छ । उनले रामपुर–किरणगञ्जदेखि मिलडाँडा सम्मको सडकमा उच्चस्तरीय ग्राभेलसहित ग्रेडिङ खर्च आफैँले बेहोरेर बनाएका छन। रामपुरमा हाटबजार सञ्चालन गर्नेदेखि खेलकुद गतिविधि सञ्चालन गर्न पनि उनी सक्रिय रहेको पाइन्छ । चितवन खेलकुद विकास समितिका आमन्त्रित सदस्यसमेत रहेका तामाङ कोरोना सङ्क्रमणको बेला भरतपुर–१९ का हरेक विपन्न परिवारको घरघरमा उनी निःशुल्क तरकारी बाँड्दै पनि हिँडेका थिए । लकडाउनका बेला ३० घर विपन्न परिवारलाई एक–एक बोरा चामल एवं खाद्यान्न वितरण गरेको उनले बताए । भरतपुर महानगरपालिका वडा नं–१७ र १९ मा पर्ने रामपुर बजारमा बागमती प्रदेशस्तरीय बजेटबाट निर्मित २६१ मिटर सडकपेटी तथा ८० मिटर ढल,भरतपुर १९ शारदानगर बखानटोलको लाहुरेटोल जानेबाटोमा गेट निर्माण तथा अन्य धेरैकाम उनको सकृयतामा भएका छन।

उनले विजयी भएपछि वडाको सेवालाई जनमैत्री बनाइने प्रतिवद्धता जनाउँदै विधिको शासन स्थापना गर्ने र जनप्रतिनिधीको हैसियतमा पाइने तलव भत्ता वडाभित्रका विपन्नलाइ शिक्षा,स्वास्थ र खानेपानीका निम्ती दिने वताए। उनले वडा न.१९ मा विकासको काम बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा ,भौतिक पूर्वाधार वातावरण मैत्री पुर्वाधार , २५ शैयाको अस्पतालको स्थापनाको निम्ती पहल गर्ने, वडामा रोजगारमुलक तालिमका साथै उत्पादनमुखि क्षेत्रमा परिणाम मुखी काम गर्नको लागि प्रतिवद्धता व्यक्त गरेका छन।

बखान स्मृती मिनी रंगशाला बनाउने देखी रानीपोखरीलाइ उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउदै रानीपोखरी खेल मैदान र चिल्ड्रेन पार्कलाइ स्तरोत्तर गर्ने उनका प्रतिवध्दताहरू छन। यस्तै भरतपुर १९ लाइ भ्रष्टाचार मुक्त,ढीलासुस्ती रहीत, सुशासन, पारदर्शी सेवा सेवा प्रदान गर्ने,वडा भित्र रहेका सामुदायिक विध्यालयहरूको शैक्षिक गुणस्तरमा वृध्दी, स्तरोन्नती तथा विध्यालयमा पुस्तकालय,विज्ञान प्रयोग शालाको समुचित व्यवस्था गर्दै विध्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्दै विध्यार्थीहरूलाइ पढाइ सँग सगै काम र रोजगारी सहितको व्यवहारीक शिक्षाका पुर्वाधारहरू तयार गर्ने। वडाभित्र रहेका सुकुम्वासी, भुमिहिन दलितहरूको समस्या सामाधानका निम्ती पहल गर्दै उनीहरूको लालपुर्जा प्राप्तीका निम्ती लागीपर्ने प्रतिवध्दता व्यक्त गरेका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>