चितवन विशेष

चितवनमा जसपाको घरदैलो अभियान

Banner

चितवन, वैशाख २३–

चितवनमा जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै घरदैलो अभियानलाई तिव्र पारेको छ । पार्टी गठबन्धनमा रहेपनि चितवनमा भने छुट्टै घरदैलो अभियान थालेको हो । आफ्ना उम्मेद्वार रहेको ठाउँमा जसपाले आक्रमक रुपमा प्रचार अभियान थालेको छ ।

गठबन्धनमा जसपालाई सम्मानजनक स्थान नदिएकाले छुट्टै घरदैलो अभियान सुरु गरिएको जसपा भरतपुर महानगर कमिटीकी उपाध्यक्ष दुर्गा पन्तले जानकारी दिइन् । उनले आफ्ना उम्मेद्वार आफ्तै बलबुताले चुनाव लड्ने भन्दै उम्मेद्वारलाई जिताउन घरदैलो अभियान तिव्र पारिएको बताइन् ।

जसपाले भरतपुरको मेयर र उपमेयरमा उम्मेद्वारी दिएको छैन । गठबन्धनमा आवद्ध भएकाले जसपाले मेयर र उपमेयरमा उम्मेद्वारी नदिए पनि केही वडामा भने उम्मेद्वारी दिएको छ । अहिले सोही वडा केन्द्रीत गतिविधि गर्दै आइरहेको छ ।

जसपाले रत्ननगरमा पनि उम्मेद्वारी दिएको छ । अहिले भरतपुर र रत्ननगरमा विशेष रुपमा जसपाले चुनावी अभियानलाई तिव्र पारेको छ । जनताको घरदैलोमा भोट माग्नका लागि जसपा भित्रको बाबुराम भट्टराई पक्षक्षर जिल्ला उपाध्यक्ष यदु कृष्ण भट्ट, सचिव विनोद शर्मा, भरतपुर महानगर अध्यक्ष दिलबहादुर अधिकारी, उपाध्यक्ष दुर्गा पन्त, रत्ननगरको अध्यक्ष गोकर्ण अधिकारी, सचिव गौतम बाबु अर्याल, कालिकाका अध्यक्ष सुनिल ढकाल, सचिव राजनबाबु पान्डे, राप्तिका अध्यक्ष खिमान्नद कंडेल लगायतका नेताहरु चुनावी अभियानमा होमिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>