Breaking News

भरतपुर ३ मा कांग्रेसको विवाद मिल्यो, वडा अध्यक्षमा भरतलाई तारामित्र पण्डितको समर्थन

Banner

चितवन, वैशाख २३–

वडा अध्यक्ष पदलाई लिएर भरतपुर महानगरपालिका ३ मा देखिएको नेपाली कांग्रेस भित्रको विवाद अन्त्य भएको छ । आज (शुक्रबार) साँझ नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार बनेका भरत लामिछानेलाई अर्का वडा अध्यक्षका उम्मेद्वार तारामित्र पण्डितले समर्थन गरेपछि विवाद अन्त्य भएको हो ।

लामिछाने कांग्रेसको आधिकारिक उम्मेद्वार थिए भने पण्डित स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका थिए । पछिल्लो समय को आधिकारिक उम्मेद्वार भन्ने विवाद थियो । सुरुवाती समयमा लामिछानेको उम्मेद्वारी खोसिएको कांग्रेसबाट पत्र प्राप्त भएको थियो । त्यसपश्चात पण्डित आधिकारिक उम्मेद्वार भन्ने हल्ला चलेको थियो । अन्तिम समयमा पुनः लामिछाने नै आधिकारिक गठबन्धनको उम्मेद्वार भन्ने पत्र कांग्रेस केन्द्रीय कार्यालयबाट प्राप्त भएपछि दुवै उम्मेद्वारलाई राखेर विवाद मिलाईएको हो । विवाद मिलाउन कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले भूमिका खेलेका थिए ।

यस वडामा अध्यक्षमा लामिछानेसंगै सदस्यमा कांग्रेसका माधव अर्याल, रामबहादुर लोहनी, महिला सदस्यमा माओवादीबाट तारा काफ्ले र दलित सदस्यमा कांग्रेसबाट सुकमाया परियार उम्मेद्वार छन् । गठबन्धनबाट भरतपुरको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी उम्मेद्वार रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>