चितवन विशेष

बैशाख २५ गते नारायणगढको क्याम्पाचौरमा एमालेको जनसभा,अध्यक्ष ओली आउने

Banner

चितवन,बैशाख २३-

नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २५ गते चुनावी आमसभा गर्ने भएको छ । नारायणगढको क्याम्पाचौरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने तयारी गरिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, न्यौपानेले भन्नुभयो । त्यसअघि भरतपुर महानगरका विभिन्न स्थानमा एमालेले क्षेत्रीय चुनावी सभा गरिरहेको छ । भरतपुर महानगरका २९ वटै वडाबाट हजारौं कार्यकर्ता क्याम्पाचौरमा सहभागी गराइने न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि केन्द्रिय बस टर्मिनलमा आमसभा गर्ने तय गरिएपनि पानीका कारण हिलाम्य भएका कारण क्याम्पाचौरमा गर्ने निर्णय गरिएको हो । भरतपुर महानगरमा मेयर पदको लागि एमालेबाट बिजय सुवेदी चुनावी मैदानमा हुनुहुन्छ । एमाले–राप्रपा तालमेलपछि उपमेयरमा राप्रपाबाट हिमला गुरुङ हुनुुहुन्छ । सुवेदी र गुरुङले हाल संयुक्त रुपमा चुनावी घरदैलो गरिरहनुभएको छ । पाँच दलिय गठबन्धनले बिहिबार केन्द्रिय बसपार्कमै चुनावी सभा गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>