Breaking News

रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छः देउवा

Banner

चितवन,बैशाख २२-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताउनुभएको छ । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताउनुभयो ।

देउवाले चितवनको भरपुरमा रेनु दाहालले ठूलो विकास गरेको जिकिर गर्नुभएको छ । पछिल्लो पाँच वर्षको काम हेर्दा रेनु दाहाल देशकै एक नम्बर मेयर बन्न सफल भएको उहाँले बताउनुभयो । पाँच वर्षमा भएको विकासले गर्दा भरतपुरको स्वरूप फेरिएको भन्दै देउवाले रेनु दाहाल एक्लैले पनि चुनाव जित्ने क्षमता राख्ने बताउनुभयो ।

‘राम्रो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्, जसले धेरै राम्रा काम गर्ने अठोट लिनुभएको छ, उहाँलाई हराएर देशलाई के सन्देश दिने ?’, देउवाले भन्नुभयो । अहिले रेनु दाहाललाई जिताएमा पछि माओवादीले कांग्रेसलाई थुप्रै ठाउँमा सहयोग गर्ने उहाँको भनाइ छ । ‘रेनु दाहाललाई कुनै शङ्का नगरि सहयोग गर्नुपर्छ । बेरुजु नभएको महानगरको मेयर हो उहाँ, धेरै कम मेयर होलान् जसको बेरुजु छैन, हरेक गल्लीमा पिच भएको छ, यहाँको भाउ बढिसक्यो, काठमाण्डौमा भन्दा यहाँको जग्गाको भाउ बढेको छ, यो रेनुले गरेको विकासले गर्दा भएको हो’, देउवाले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>