Breaking News

गठबन्धनकै कारण चितवन काँग्रेसलाई फाइदा पुगेको छः रामचन्द्र पौडेल

Banner

काठमाडौं, वैशाख २२-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले भएको बताएका छन् । उनले माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको बताए। चितवनमा भरतपुर सत्तागठबन्धनले आज गरेको चुनावी सभामा बोलेका पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।

‘कांग्रेसको प्रतिपस्धी माओवादी होइन। एमाले हो,’ उनले भने, ‘माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।’उनले ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेको बताए। ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफूले २०१७ साल पुष १ गते सम्झिएको पौडेलले बताए।

गठबन्धन नभएको भए केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म कांग्रेसले बनाउन नसक्ने पनि उनले बताएका थिए। गठबन्धनकै कारण राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि कांग्रेसलाई फाइदा पुगेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>