Breaking News
प्रचण्डजी ! रेनुलाई भरतपुरमा जिताउँछौं तर कांग्रेसलाई धोका नहोस्ः जितनारायण श्रेष्ठ
०

चितवन,बैशाख २२-
नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले भरतपुरमा गठबन्धनको जित निश्चित रहेको बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले ५ दलीय गठबन्धन जिताउन कांग्रेस तयार भएपनि भोलीको दिनमा धोका नदिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरे ।
‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो त्यही गर्नुहुन्छ । प्रचण्डलाई मेरो अनुरोध छ तपाईंले बोली नफेर्नुहोला । गठबन्धनबाट रेनु दाहालजीसहित सबैलाई हामी जिताउँछौं तर जितिसकेपछि कांग्रेसलाई धोका नहोस्’, श्रेष्ठले भने । भरतपुरमात्रै नभएर चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै श्रेष्ठले विगतमा जस्तो धोका नदिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान एमालेले समाप्त गर्न खोजेका कारण गठबन्धन राजनीतिक आवश्यकता बनेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























