Breaking News

रेनुलाई भोट माग्न शेखर कोइराला र गगन थापा आज भरतपुर नआउने

Banner

चितवन,बैशाख २१-

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र गगन थापा चितवनको भरतपुरमा आज हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी नहुने भएका छन् । कोइरालाको सचिवालयले कोइराला विराटनगर रहेकाले चितवनको कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।

आधिकारिक रुपमा चितवनबाट कुनै खबर नआएको र त्यससम्बन्धी औपचारिक जानकारी पनि नभएको सचिवालयले जनाएको छ । प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पूर्वनिर्धारित चुनावी कार्यक्रमहरु भएकोले डा. शेखर चितवन आउने सम्भावना न्यून रहेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । यस्तै गगन थापाको सचिवालयका अनुसार आज चितवन आउने कार्यक्रम तय भएको छैन् ।

भरतपुरमा भने गठबन्धनको सभामा शेखर कोइराला,गगन थापा पनि आउने भनेर प्रचार गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>