चितवन विशेष

चितवनको रत्ननगरमा कांग्रेसको चुनावी प्रचारमा बालबालिकाको प्रयोग

Banner

चितवन,बैशाख २१-

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट चितवनको रत्ननगरमा उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रचारप्रसार सहितको घरदैलोमा बालबालिकाको प्रयोग गरिएको छ ।

रत्ननगर नगरपालिका वडा नं ३ को कांग्रेसको घरदैलोमा पार्टीले प्रचारप्रसारको लागि चुनावी आचारसंहिता विपरित बालबालिकाको प्रयोग गरेको हो । कांग्रेसले बालबालिकाहरुलाई पार्टीको झण्डा र चुनाव चिन्हको झण्डा बोकाई गाडीमा राखेर चुनावी प्रचार गरेका थिए । कांग्रेस वडा नम्बर ३ कै पार्टी सभापति वसन्त देवकोटाले बालबालिका सहित चुनावी प्रचारप्रसारमा हिँडेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।

निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरेपछि आलोचना भएको छ । कांग्रेसले चुनाव प्रचारप्रसारका लागि बालबालिका प्रयोग गरेको बारे आफूलाई जानकारी नभएको भन्दै रत्ननगरका निर्वाचन अधिकृत विनोद कुमार गौतमले कहीँ कतैबाट पनि उजुरी नआएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>