Breaking News

प्रधानमन्त्री देउवा चितवनमा, निर्वाचन आचारसंहिता पालना गर्दै निजी गाडीमा सवार

Banner

चितवन, वैशाख २१–

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन् । उनी नेपाली सेनाको जहाज मार्फत अपरान्ह ५ः३० बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।

पाँच दलीय गठबन्धनले भोलि विहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा आज चितवन आइपुगेका हुन् । सभापति देउवाले निर्वाचन आचारसंहितलाई ख्याल गर्दै चितवन आइपुगेका हुन् ।

उनले चितवनमा निजी गाडीमा सवार भएका छन् । विमानस्थलबाट कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा ३ च २०५० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल सिराइचुली पुगेका छन् ।

श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए। उनले भने, ‘यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ।’ श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन्। उनले थपे, ‘सबै खर्च पार्टीले गर्नेछ।’

सभापति देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन्।

पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आएका हुन्। उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो। उनले भने, ‘निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो।’

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>