Breaking News

कांग्रेसको सरकार बन्यो भने ६५ वर्ष पुगेपछि भत्ता दिन्छौंः प्रधानमन्त्री देउवा

Banner

मोरङ बैशाख २१-

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सरकार बनेपछि ६५ वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने बताउनुभएको छ । नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले विशेष सुविधा दिने गरेअनुसार नै भत्ता दिने बताउनुभयो । ‘हामीले यसअघि नै ६५ वर्षमाथिकालाई भत्ता दिने निर्णय गरेका थियौँ, एमाले अध्यक्ष ओलीले मान्दै मान्नुभएन’, देउवाले भन्नुभयो ।

यस्तै उहाँले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएकाले कसैले कसैलाई धोका दिन नहुने बताउनुभयो । केपी शर्मा ओलीको प्रतिगमनलाई पाँच दल मिलेर परास्त गरेको र आफू प्रधानमन्त्री भएको भन्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जिकिर गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>