चितवन विशेष

मैले गरेको काममा कसैले औला नउठाए हुन्छ, विरोधीले नौटङ्की गर्दै हिँडेः रेनु दाहाल

Banner

चितवन,बैशाख २१-

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले अबको पाँच वर्षमा भरतपुर दक्षिण एसियाको सुन्दर सहर बन्ने दाबी गरेकी छन् । उनले भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

महानगरको पहलमा ठुला ठुला गौरवका योजनाहरु कार्यान्वनको चरणमा रहेको पनि उनले बताइन् । नारायणी र राप्ती नदीमा तटबन्धनका लागि महानगरले गुरुयोजना निर्माण गरी संघिय सरकारलाई पेश गरिसकेको जानकारी दिइन् । उनले भनिन्,नारायणी नदी तटबन्धनमा अहिले पाँच अर्ब रुपिंयाँ बिनियोजन भई चार वटा प्याकेजमा गोलाघाटदेखि नारायणगढसम्म तटबन्धनको काम अगाडि बढेको छ । उनले आफुहरुले बोलेर भन्दा काम गरेर देखाएर पुष्टि गरेको जिकिर गरिन् । अबको पाँच वर्षमा महानगरले स्मार्ट सिटीको सुचकमा पुग्ने घोषणा–पत्र निर्माण गरी निर्वाचनमा होमिएको उहाँको भनाई छ ।

भरतपुरको विकासमा केही अपवादलाई छोडेर औला उठाउने ठाउँ नभएको दाबी गर्दै उनले विरोधीले तुक नभएका कुरा उठाउँदै नौटङ्की गर्दै हिड्ेको आरोप लगाइन् । एक टेलिभिजनको कार्यक्रममा गत निर्वाचनमा सिक्री बाढ्नु भयो भन्ने प्रश्न समेत उठेको प्रसंगमा दाहालले आरोप प्रमाणित गर्न चुनौती दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>