चितवन विशेष

भरतपुर-९ मा राष्ट्रिय जनमोर्चाले थाल्यो चुनावी प्रचारप्रसार अभियान

Banner

चितवन,बैशाख २१-

राष्ट्रिय जनमोर्चाले भरतपुर महानगरपालिकाको वडा नम्बर–९ मा चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । आज (बुधवार) मोटरसाइकल र्‍याली सहित चुनावी प्रसारप्रसार अभियान सुरु गरेको हो ।

यस वडामा जनमोर्चाको तर्फबाट सुमन शर्मा आचार्यले वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । भरतपुर-९ को वडा कार्यालय, तीनतले चोक, काडाँघारी, गोन्द्रयाङ, विकासचोक, मिलनचोक बसपार्क हाकिमचोक, लालिगुराँस चोक, धारेचोक लगायतका टोलमा मोटरसाइकल र्‍याली सहित चुनावी प्रचारमा पुगेका थिए । भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अबलम्बनका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका थिए । अध्यक्षका उम्मेदवार शर्माले वडाभित्र रहेका विकृतिको अन्त्य गर्दै स्वास्थ्य, शिक्षा, कृर्षि, पर्यटनको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई नागरिकले हेर्दा देख्न सक्ने गरि काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको जनमोर्चाले केन्द्रको निति अनुसार उम्मेदवारी फिर्ता गराएको थियो । तर, केही वडामा भने छुट्टै उम्मेदवारी दिएर चुनावी अभियानमा लागेको छ ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भरतपुरका ४, ९ र २३ नम्बर वडामा आफ्ना उम्मेदवार उठाएको छ । वडा नम्बर ९ मा वडाध्यक्षमा सुमन शर्मा आचार्य, खुल्ला सदस्यमा कमल आचार्य र महिला सदस्यमा गौरीदेवी आचार्यलाई उठाएको छ । त्यस्तै वडा नम्बर ४ को वडाध्यक्षमा भवानीप्रसाद लामिछाने, वडा नम्बर २३को वडाध्यक्षमा कालिदास सुवेदी र महिला सदस्यमा पुर्णकला देवी चालिसेलाई उठाएको छ । जनमोर्चाले आफ्ना उम्मेदवारलाई गिलास चुनाव चिन्हमा मतदान गर्न समेत आम मतदातालाई अनुरोध गरेको छ । राष्ट्रिय जनमोर्चा स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रणाली स्थापनाका लागि जोड दिँदै संघीयताको खारेजीको विषयलाई प्रमुख मुद्धा बनाएर चुनावी अभियानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>