Breaking News

राजनीतिक लगानी र भविष्यबारे चितवनका कांग्रेस साथीहरुले चिन्ता लिनुपर्ने अवस्था रहन्नः शंकर भण्डारी

Banner

चितवन, वैशाख २१–

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले राजनीतिक लगानी र भविष्यबारे चितवनका कुनै पनि कांग्रेस नेता तथा कार्यकर्ताहरुले चिन्ता लिनुपर्ने अवस्था नरहने बताएका छन् ।

चितवनको भरतपुरस्थित होटल सिराइँचुलीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले अहिले विशेष परिस्थितिले यो गठबन्धन बनेकाले यसको पक्षमा सक्रिय भएर लाग्न आग्रह गरे । उनले भरतपुरलाई सबै क्षेत्रबाट महत्वका साथ हेरिएकाले यो गठबन्धनलाई कांग्रेसले महत्वका साथ लिनुको साथै गठबन्धनप्रति कांग्रेस पूर्ण जवाफदेही र जिम्मेवारी रहेको बताए ।

उहाँले यहाँका कार्यकर्ताहरुको सुझावलाई केन्द्रले मनन गरेको भन्दै पार्टीका कुनै पनि नेतृत्वमा रहेका पार्टीका साथीहरुले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । ‘पार्टीका साथीहरुको योगदान, लगानी, क्षमताको मूल्यांकन भोलिका दिनमा पार्टीले गर्नेनै छ’ भण्डारीले भने ‘यो गठबन्धनका कारणले पार्टीका साथीहरुको राजनीतिक लगानी र भविष्यका बारेमा कुनै पनि साथीहरुले चिन्ता लिनुपर्ने अवस्था छैन, यो विशेष परिस्थितिले गठबन्धन बनेको हो ।’

उनले गठबन्धन गर्दैगर्दा असन्तुष्ट रहेका पक्षहरुलाई हार्दिकताका साथ सहजीकरण गर्ने कार्यमा सिंगो पार्टी नै लागि रहेको बताए । उनले भने–‘आज पार्टी सभापति नै बास बस्ने गरि आउँदै हुनुहुन्छ असन्तुष्ट पक्षलाई मनाउनुहुनेछ ।’

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उपमेयर उम्मेद्वार छन् । गठबन्धन गर्दा मेयर माओवादीलाई दिएका भन्दै यहाँका कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट छन् । बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ आएर तीन दिनसम्म बस्दा पनि पौडेलले उम्मेद्वारी फिर्ता लिन मानेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>