चितवन विशेष

चितवनको रत्ननगरमा काँग्रेस कार्यकर्ताले आफ्नै वडा कार्यालय तोडफोड गरे,पार्टीको झण्डा सडकमा फालियो

Banner

चितवन,बैशाख २१-

चितवनको रत्ननगर नगरपालिकामा गठबन्धन दलहरुविच चरम विवाद चुलिएको छ । वडा बाँडफाँडमा गठबन्धनका दलहरुविच असन्तुष्टि चुलिदैं जाँदा विवादले चर्को रुप लिएको हो ।

वडा बाँडफाड गर्दा वडा नम्बर १२ माओबादी केन्द्रको भागमा परेपछि असन्तुष्ट बनेका कांग्रेस कार्यकताहरुले वडा पार्टी कार्यालयमा तोडफोड तथा तालाबन्दी गरेका हुन् । काँग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरि कार्यालयमा रहेका कुर्ची टेबल तथा पार्टीको झण्डा सडकमा फ्याकेका छन्।

कांग्रेसले नगर सचिव समेत रहेकी अनिता अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाई चुनावी प्रचार प्रसारको अन्तिम चरणमा पुगेको बेला गठवन्धनको नाममा माओबादी केन्द्रका सुन्दरमणि सुबेदीलाई वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेपछि आज बिहानैदेखि कांग्रेसका कार्यकर्ताहरु आक्रोसित बनेका हुन् । सो वडामा गठवन्धनको निर्णय नमान्ने र अर्यालको नेतृत्वमा चुनावी प्रचारमा जाने निर्णय समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>