Breaking News

पार्टीको निर्णय मान्नुपर्छ, गठबन्धनका उम्मेद्वारलाई जिताउन सबै लागौंः टेकप्रसाद गुरुङ

Banner

चितवन, वैशाख २१–

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले पार्टीको निर्णय सबै नेता तथा कार्यकर्ताले मान्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको बताए । उनले पार्टीले गरेको निर्णय अनुसार गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आह्वान समेत गरेका छन् । आफू तत्कालै मत माग्न नहिडेको भन्दै सल्लाह माग्ने साथीहरुलाई गठबन्धनको पक्षमा माहोल बनाउन आग्रह गर्ने गरेको बताए । ‘म मत माग्न हिँडिसकेको छैन, साथीहरुलाई सल्लाह दिइरहेको छु, गठबन्धनलाई साथ दिनुपर्छ भनिरहेको छु’–नेता गुरुङले भने ।

नेता गुरुङले सुरुवाती समयमा आफू गठबन्धनको विरोधमा रहेपनि एउटा राजनीतिक पार्टीको कार्यकर्ता भएको नाताले आफ्नो हाइकमाण्डले गरेको निर्णय मान्नै पर्ने अवस्थामा पुगेको बताए । ‘५२ वर्ष नेपाली कांग्रेसमा हिडिसेको छु, पार्टीमा ५२ वर्ष लगानी गरेको मेरो जवानीलाई फालेर बस्न सक्ने अवस्था रहदैन, त्यसैले केन्द्रको निर्णय मान्नुपर्ने आवश्यकता देखेको छु, साथीहरुलाई त्यही कुरा भनेको छु ।’–गुरुङले भने ।

यस्तै नेता गुरुङले बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेलसंग आफ्नो कुनै सरसल्लाह नभएको स्पष्ट पारे । ‘कृष्णलालजीले म बागी उठ्छु भन्दा हामी हुन्छ नि त भनेकै हौं, तर जगन्नथाजीसंग बागी उम्मेद्वारी बारे हाम्रो संवाद भएको छैन, उहाँले किन हाल्नु भयो हामीलाई थाहा छैन’–नेता गुरुङले भने ।

उनले दुई महामन्त्री विश्वप्रकाश र गगन थापाले नै महानगरको मेयरमा रुखमा भोट हाल्न पाउँछन् भनेपछि आफूहरु हौसिएर सुरुवाती समयमा गठबन्धनको विरोधमा उत्रिएको बताए । सोही अनुसार काठमाडौंसम्म पुगेर भरतपुरको मेयर नछोड्न अडान कसेको स्मरण गराउँदै अब पार्टीको निर्णय मान्नै पर्ने अवस्थामा आइपुगेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>