Breaking News

चितवनको पर्सामा विप्लवको विद्रोही नेताहरुको भेला, नयाँ पार्टी घोषणाको तयारी

Banner

चितवन, वैशाख २१–

अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ । यस पार्टीका विद्रोही नेताहरूले आज चितवनको पर्सामा राष्ट्रिय भेला आयोजना गरेका छन् ।

चुनावको विषयले विवाद गर्दै गएपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वमा राष्ट्रिय भेला सुरु हुन लागेको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

भेला दुई, तीन दिन चल्ने र एकताको आहृवान गर्दै नयाँ पार्टी घोषणा गर्ने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निस्कासन गरेपछि विभाजन लगभग निश्चित नै भइसकेको थियो ।

चुनावको कुराले विप्लवहरु धेरै टाढा पुगेको र केन्द्रीय समिति बोलाएर छलफल गर्ने प्रस्ताव पनि अस्वीकार गरेको लोहनीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>