चितवन विशेष
गठबन्धनका उम्मेद्वारलाई जिताउन भरतपुर २ मा घरदैलो
०

चितवन, वैशाख २०–
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्म्ेदवारलाई जिताउन भरतपुर महानगरको वडा नम्बर २ मा दैनिक घरदैलो अभियान गरिएको छ ।
गठबन्धनको तर्फबाट यस वडामा अध्यक्ष, महिला सदस्य र दलीत सदस्यमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वारी परेको छ भने, एक जना सदस्य नेकपा (माओवादी केन्द्र) बाट र एक जना नेकपा (एकीकृत समाजवादी) बाट उम्मेद्वार बनेका छन् ।
गठबन्धनको तर्फबाट वडा अध्यक्षमा काँग्रेसमा मनोज रानाभाट र नेकपा (एमाले)बाट कृष्ण केसी चुनावी मैदानमा छन् । घरदैलो कार्यक्रम गर्दै हिडेका अध्यक्ष पदका उम्मेद्वार रानाभाट आफ्नो टीमको विजय सुनिश्चित रहेको दाबी गरेका छन् भने अघिल्लो निर्वाचनमा जित हाँसिल गरेको नेकपा एमालेले पनि आफ्नो जीत हुनेमा आशावादी देखिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























